|

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ वनदेवी मन्दिरमा बस्दै आएका साधु चन्द्र गिरीको शुक्रबार राति हत्या भएको छ।  बनदेवी मन्दिरमै बस्दै आएका साथी नारायण चौधरीले काठको चिर्पटले हिर्काएर गिरीको हत्या गरेका थिए। 

साथीको हत्या गरी फरार चौधरीलाई शनिबार बिहान कैलालीको अत्तरियाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरक्षक मणि भट्टले बताए। आरती गर्ने बिषयमा विवाद भएपछि चिर्पट प्रहार गरी साधुको हत्या गरेर चौधरी फरार भएका थिए। प्रहरी र स्थानीय बासिन्दाले रातभर खोजतलास गर्दासमेत फेला पर्न सकेका थिएनन्।

पक्राउ परेका साधुलाई हिरासतमा राखेर अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ। हत्या गरिएका साधुको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ। शव परीक्षण पश्चात साधुको महाकाली नदीमा जलसमाधी गरि अन्येष्टि गरिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.