|

सुनसरी : बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल प्रहरीको विभागीय टोली पुलिस क्लबका खेलाडी हेम तामाङको ट्याकलबाट घाइते भएका थ्री स्टार क्लबका क्याप्टेन बिक्रम लामा अस्पताल भर्ना भएका छन्। 

शनिबार धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको तनावपूर्ण फाइनल खेलमा घाइते भएका हुन्। उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दाहिने खुट्टा भाँचिएर गम्भीर घाइते भएका उनलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको सुनसरी जिल्ला फुटबल संघ सुनसरीका  कोषाध्यक्ष कोवितजंग कार्कीले बताए।

फाइनल खेलको पहिलो हाफको २५औँ मिनेटमा लामालाई पुलिसका खेलाडी हेम तामाङले ट्याकल गरेपछि उनी घाइते भएका थिए। घाइते लामालाई तत्काल मैदानबाटै वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो। यसैबीच बुढासुब्बा गोल्डकपको बिजेता थ्री स्टार क्लबले पाएको ६ लाख रुपैयाँ घाइते लामालाई समर्पित गर्ने जनाएको छ। 
यस्तै, सर्वोत्कृष्ट खेलाडी निराजन खड्काले पाएको यमाहा कम्पनीको मोटरसाइकल पनि लामाको उपचारमा सहयोग गर्ने जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.