|

काठमाडौं : गीतकार रोजी लाबुङ राईको पुस्तक र एल्बम बिमोचन गरिएको छ।

शनिबार राजधानी एक कार्यक्रमबीच वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बराल र गीतकार उन्नती बोहरा ’शिला’लगायतबाट एल्बम ‘रोजाई’ र ‘समन्वय’ तथा पुस्तक ‘सोचाइ’को एकसाथ बिमोचन गरिएको हो।

एल्बम ‘रोजाई’मा ७ गीत समावेश छन्। माया दिए, ओ परदेशी, भुल गरे, म सधै सधै, अब म मर्छु होला, सुनसान रातको र डन्ट लाइक योर बानी लगायतका गीत यस एल्बममा समावेश छन्। बसन्त सापकोटा, डी रातु, नरेश लिङदेन, तारा प्रकाश लिम्बू, महेश खड्काको संगीत रहेको उक्त गीतहरुमा रामकृष्ण ढकाल, मेलिना राई, प्रमोद खरेल, मौनता कमबाङ, साझ सिंह, मिलन अमात्य र राजेश पायल राईको स्वर रहेको छ।

यसैगरी एल्बम ‘समन्वय’मा ८ गीत समावेश छन्। यस एल्बममा समावेश गीतहरु तिमीलाई माया, तिम्रो माया, अलिकति माया, कोही जिउँदै, जलन हुन्छ, सुन्दर फुल, जलन हुन्छ २ र देशप्रेमी हुन्।

कार्यक्रममा ‘अन्जान थिए’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। रोजीकै शब्द रहेको यस गीतमा संगीत र स्वर विक्रम राईको रहेको छ।

शान थापाको निर्देशनमा तयार भएको उक्त भिडियोमा राजीव समरको नृत्य निर्देशन, मिलन शंकरको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ। युकेमा बस्दै आएकी गीतकार रोजीले एल्बम तथा पुस्तक विमोचनकै लागि नेपाल आएकी छिन्।

हेर्नुहोस् 'अन्जान थिए' भिडियो :  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.