मनोरञ्जन

कलकारितासम्बन्धी तालिम लिन २० कलाकार भारत जाँदै
SHARES

फोटो : VisionSansar
माघ २७, २०७४

    काठमाडौं : नेपाली चलचित्र क्षेत्रका विविध विधामा पहिचान बनाएका २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालिम लिन जाने भएकाछन्।  २९ माघदेखि १९ फागुन सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआइआई)ले उपलब्ध गराउने तालिम लिन कलाकार आइतबार भारत जान थालेका हुन्। 

    तालिममा रासा सिद्धान्त, बोध सम्झाना, प्रस्तुति, दृश्यात्मक कार्य तथा ओठ तुल्यकालनजस्ता विषयमा जानकारी उपलब्ध हुनेछ। तालिम अवधिभर भारतीय कलाकारसँग कार्यशाला, नृत्य, योगा तथा बुम्बईस्थित सुटिङस्थलको दृश्यावलोकन गराइने नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।

    नेपाली कलाकारलाई भारत सरकारले उपलब्ध गराएको पहिलो अवसरले चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले बताए। 'सांस्कृतिक एवं दुई देशबीचको सम्बन्ध जनस्तरमा आदानप्रदान गर्ने यो जस्तो महत्वपूर्ण अवसर अरु हुन सक्दैन'  भारतीय दूतावासमा शनिबार आयोजित कार्यक्रममा  राजदुत पुरीले भने।

    नेपाल र भारतका युवापुस्तालाई फिल्ममार्फत सम्बन्धलाई प्रगाढ बनाउन पाउनु खुशी लागेको भन्दै उहाँले यस्तो कार्यक्रमलाई निरन्तरता दिन पहल गर्ने बताए। एफटिआइआईले भारतमा चर्चित उत्पादन गरेको उल्लेख गर्दै विभिन्न विधामा कार्यरत कलाकारको क्षमता प्रस्फुटन गर्ने नयाँ अवसर भएको बताए। 

    तालिमका लागि आइतबार भारत जाँदै गरेका हास्य कलाकार गोपाल ढकाल (छन्दे)ले प्राविधिकरुपमा कलाकारितालाई थप निखार ल्याउन थप ज्ञान प्राप्त हुने आशा व्यक्त गरे। एफटिआइआईले निर्देशन, सिनेमेटोग्राफर, सम्पादन, ध्वनी रुपकार, नाटक लेखनलगायतका विभिन्न क्षेत्रमा तालिम उलब्ध गराउँदै आएको छ। 
    त्यस्तै थियटर कलाकार शुलक्षण भारतीले क्यामारा अगाडि कसरी अभिनय गर्ने भन्ने विषयमा विशेष जानकारी पाइने भएकाले यसले आफूलाई कलाकारितामा विश्वस्त बनाउन सहयोग गर्ने विश्वास लिएको बताए। 

    भारतको इन्फरमेसन एन्ड बोर्डकास्टिङअन्तर्गत सन् १९६० मा स्थापना भएको भारतको चलचित्र तालिम संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित छ। भारतको चर्चित संस्थामा तालिम लिन पाउनु सुखद अवसर भएको मैथीली र भोजपुरी भाषाका कलाकार डोली सरकारले बताए। तालिममा जान लागेका २० कलाकारमध्ये आठ महिला कलाकार र १२ पुरुष रहेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]