|

काठमाडौं : नायक अनमोल केसीको स्टारडम हलमा देखिएको छ। लगातार ४ हिट फिल्म दिएका अनमोलले पुन: आफ्नो स्टारडमलाई प्रमाणित गरेका छन्। लगभग २ वर्षपछि पर्दामा आएका  अनमोललाई हेर्ने दर्शकको क्रेज राम्रै देखिएको छ।

शुक्रबारबाट प्रदशर्नमा आएको कृ ले हाउसफुलको व्यापार गरिरहेको छ। पहिलो दिन देशैभरि ७५ प्रतिशत अकुपेन्सी रहेको ‘कृ’को दोस्रो दिनको अकुपेन्सी करिब शतप्रतिशत छ। राजधानीको ‘अष्टनारायण हल’का सबै पर्दा ‘कृ’ दर्शकले हाउसफुल हुँदा विदेशी सिनेमाको शोज कटौती भएको छ। उक्त हलमा ‘कृ’लाई ३ र विदेशी सिनेमालाई १ पर्दा बाँडिएको थियो। तर ‘कृ’ हेर्ने दर्शकको चाप बढेसँगै चारवटै पर्दामा कृ प्रदर्शन गरिएको थियो। त्यस्तै, गोपीकृष्ण मुभिजमा पनि दर्शकको चाप उत्तिकै छ।

मल्टिप्लेक्स हलहरुमा पनि अग्रिम टिकट बुकिङले सबै सोज हाउसफुल देखिन्छन्। मोफसलमा पनि दर्शकको चाप राम्रै देखिएको छ।

नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी र निर्माण युनिट शनिबार काठमाडौंका २ हलमा पुगेका थिए। दिउँसोको सो सकिँदा गोपिकृष्ण हलमा पुगेका अनमोल र अदितीलाई ६ जना बडिगार्डको सुरक्षा दिइएको थियो। प्रहरी र बडिगार्डको सुरक्षा घेरामा अनमोल र उनको टिम हलसम्म पुगेको थियो।

दर्शकबाट घेरिएका अनमोल र अदितीलाई उक्त भीडबाट निकाल्न हम्मेहम्मे परेको थियो।

अनमोलले गोपिकृष्ण हलमा दर्शकको भीडमा राष्ट्रिय गान गाएका थिए। अनमोलले राष्ट्रिय गान गाउँदा उनीसँगै हलमा पुगेका दर्शकले पनि गाएका थिए। उनले आफू र नेपाली फिल्मलाई माया गरेको भन्दै सबै फ्यानलाई धन्यवाद दिए।

निर्देशक सुरेन्द्र पौडेलले आफूहरुले मिहिनेत गरेकोले फिल्म सफल भएको बताए। यस्तै, निर्माता सुवास गिरीले भने दर्शकको यो मायाले आफू झनै उत्साहित भएको बताए। प्रेम र एक्सनको मिश्रण यो चलचित्रलाई बदलाको कथामा बनाइएको छ।

 फिल्ममा अनमोल र अदितीसँगै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मलाई भुवन केसी र सुवास गिरीले निर्माण गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.