|

काठमाडौं : नेपाललाई चीन सरकारले अनुदानमा उपलब्ध गराएको तोरीको तेल बिक्री नहुँदा गोदाममै थन्किएको छ। अनुदानको तेल न्यून गुणस्तरको पाइएपछि नेपाल खाद्य संस्थानले साबुन उद्योगलाई बिक्री गर्न पटक–पटक टेन्डर आह्वान गरेको थियो।

तीन पटकसम्म टेन्डर आह्वान गरेर मूल्य घटाए पनि बिक्री नभएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए।

खान अयोग्य तेल साबुन बनाउन र बत्ती बाल्न प्रयोग हुन्छ। ‘खान अयोग्य देखिएपछि साबुन बनाउन बिक्री खुल्ला गरेका थियौं,’ उनले भने, ‘दुई पटकसम्म मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.