|

काठमाडाैं : नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियान स्वरूप स्वदेशी सेफहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिइएको छ। अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध सिंगापुरका सेफ डा रिक स्रेफानले पकवान शास्त्र कलाबारे नेपाली सेफलाई  प्रशिक्षण  दिएका हुन्। 

नेपाली खानालाई अन्तर्राष्ट्रियकरण  गर्ने उद्देश्यले पहिलोपटक अन्तर्राष्ट्रियकरण पकवान शास्त्र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजकमध्येको एक होटल संघ नेपालले जनाएको छ। हानसहित रेस्टुराँ  एन्ड बार एसोसिएसन अफ् नेपाल, सेफ एसोसिएसन अफ नेपालको सहकार्य तथा नेपाल पर्यटन बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहयोगमा एक दिवसीय प्रशिक्षण आयोजना गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.