सुनसरी : कोशी गाउँपालिका–३ मा शनिबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी वराह नगरपालिका–११ मधुवन बस्ने २८ वर्षीय दिपेन्द्रकुमार मेहता रहेका प्रहरीले जनाएको छ।
कोशी गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा को२त ३१२५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरमा रहेका मेहताको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टरका चालकलाई प्रहरी चौकी मधुवनले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।