|

पर्सा : पर्सागढी नगरपालिका–५ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आइतबार बिहान १ बजे ना ४४ प १६८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक स्थानीय २७ वर्षीय राघोशरण चौधरीको मृत्यु भएको छ।   

मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २६ वर्षीय सोटाई मुखिया घाइते भएका छन्। उनको सर्वाेतम अस्पताल वीरगञ्जमा उपचार भइरहेको  प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.