|

सुर्खेत : प्रदेश ६ को सभामुखको लागि आइतबार  मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।  आइतबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ।

त्यस्तै, साढे २ बजे उम्मेदवारहरुको नामवली सार्वजनिक गरिने छ। वामगठबन्धनबाट नेकपा एमालेले सभामुखको उम्मेदवारी दर्ता गर्नेछ। एमाले दैलेख सांसद राजबहादुर शाहीको सभामुखका लागी नाम चर्चामा रहेको छ। नेपाली कांग्रेसले सभामुखको उम्मेदवारी नदिने संसदीय दलका नेता जीवन शाहीले बताए।

यसअघि शनिवार बसेको सर्वपक्षीय बैठकले दोस्रो संसद बैठकमा तीन विषयमाथि छलफल गर्न कार्यसूची तयार गरेको छ। प्रदेश ६ को संसद सचिवायल र दलहरुबीच भएको सर्वपक्षीय बैठकले माघ २९ गते सोमवार दिउँसो १ बजे बस्ने संसद बैठकले सभामुखको निर्वाचन गर्नेछ भने उप–सभामुखको निर्वाचन मिति घोषणा गर्ने, व्यक्तिगत विवरण पेश गर्ने कायविधिको अनुसूची ३ संग सम्बन्धित, माननीय र कर्मचारीहरूका लागि अभिमुखिकरण कार्यक्रमका विषयमा छलफल गरिने कार्यसूची तय गरेको संसद सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.