|

काठमाडौं : 'रुपै मोहनी' र 'पिरतीको बिर्को' बोलको गीतबाट निकै चर्चामा रहेको फिल्म 'शत्रु गते'को टिजर हलमा रिलिज गरिएको छ। फिल्म हेर्न हलमा जाने दर्शकले फिल्म शत्रु गतेको ट्रिजर हेर्न पाउनेछन्। प्रदर्शनरत फिल्म ’कृ’ हेर्ने दर्शकलाई ’शत्रु गते’को ट्रिजर उपहार हुने निर्माण पक्षले जनाएका छन्। फिल्मको ट्रिजर छिट्टै युट्युबमा रिलिज गरिने निर्माण टिमको भनाइ छ।

हलमा आएका दर्शकको प्रतिकृया बुझ्नको लागि ट्रिजरलाई हलमा मात्र रिलिज गरिएको निर्देशक प्रदीप भट्टराईले बताएका छन्। उनले भने 'हामीले ट्रिजरलाई हलमा मात्र रिलिज गरेका छौं। धेरैले सामाजिक सञ्जालमार्फत फिडब्याक दिइरहनुभएको छ। पहिलो प्रतिक्रिया हलमा आउने दर्शकबाट लिन चाहन्थ्यौँ, त्यसैले हलमा रिलिज गरेका हौं।'

स्टारकास्टको कारण पनि चर्चित बनेको फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ। डेब्यु फिल्म ‘जात्रा’बाट नै चर्चामा आएका निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको  शत्रु गतेमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बसुन्धरा भुसाल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहेको छ।

'मह सञ्चार'को ब्यनारमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन्। फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ। निर्देशक भट्टराई र दीपकराज गिरीको पटकथा रहेको फिल्ममा निर्देशक भट्टराई र हरिवंश आचार्यको संवाद रहेको छ। दिर्घ गुरुङले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्। फिल्म चैत्र ९ मा रिलिज हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.