|

बुटवल : प्रदेश ५ मा वाम गठबन्धनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेको छ। प्रदेश प्रमुख उमाकान्त झासमक्ष एमाले र माओवादी केन्द्रका नेताहरुले पत्र बुझाउँदै मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोध गरेका हुन्। 

माओवादी केन्द्रको पहिलो बैठकले संसदीय दलको नेतामा कुलबहादुर केसीलाई चयन गरेसँगै दुई दलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन्। 
एमाले संसदीय दलका नेता शंकर पोखरेल र माओवादी केन्द्रका दलका नेता केसीले प्रदेश प्रमुख झासमक्ष पत्र बुझाएका थिए।

 प्रदेश ५ का ८७ जनामध्ये एमाले र माओवादीको आरामदायी बहुमत छ। गठबन्धनसँग ६१ सांसद् छन्। पत्र बुझ्दै प्रदेश प्रमुख झाले आफुले संविधानअनुसार कारबाही अघि बढाउने बताए। 
आइतबार शपथ हुँदैन 

प्रदेश प्रमुखले आइतबार नै शपथ खुवाउने तयारी गरेपनि प्रक्रियाहरु पूरा गनुपर्ने भएकाले सपथ ग्रहणका लागि केहीदिन लाग्ने भएको छ। प्रदेश प्रमुखको कार्यालयका सचिव सनद कुमार दवाडीका अनुसार प्रदेश प्रमुखले कानुनी परामर्शपछि केहीदिनभित्रै शपथको तयारी हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.