मुख्यमन्त्री बन्ने बाटो खुल्यो

|

कास्की : नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश नम्बर ४ को एमाले संसदीय दलको नेता छनोट भएका छन्। उनी सर्वसम्मत रूपमा दलको नेता चयन भएका हुन्।

संसदीय दलको नेता छनोट भएसँगै उनलाई प्रदेश ४ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बासँगै प्रदेश नम्बर ४ का इन्चार्ज तथा स्थायी समिति सदस्य किरण गुरुङको दाबी थियो।

यी दुवै नेताहरु संस्थापन समूहका हुन्। अन्तिम समयसम्म सहमति नभएपछि चुनाव हुने अवस्था आए पनि अन्तिममा भने सहमति भएको छ। यी दुई नेताबीच सहमति मिलाउन पार्टी महासचिव ईश्वर पोखरेल नै पोखरा पुगेका थिए।

आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो। सहमतिका लागि एमाले स्थायी समिति सदस्य सोमनाथ प्यासी र पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीसमेत लागेका थिए।

सहमति भइसकेको र केहीबेरमा औपचारिक रूपमा घोषणा गरिने बताइएको छ। एमाले संसदीय दलको बैठक बसेर पुथ्बीसुब्बालाई दलको नेता चयन गरिने एमालेका एक नेताले बताए। प्रत्यक्ष ३६ र समानुपातिक २४ गरी ६० सांसद रहेको प्रदेश नम्बर ४ मा एमालेका २७ जना सांसद रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.