|

काठमाडौं : गत वर्ष प्रदर्शनमा आएको फिल्म 'दर्पण छाया २' युट्युबमा रिलिज भइसकेको छ। युट्युबमा रिलिज भएसँगै यो फिल्म हेर्ने दर्शकको संख्या पनि राम्रै देखिन्छ। फेब्रुअरी १८ मा रिलिज भएको यस फिल्मले ७ लाख ५० हजार दर्शकसहित युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ। अहिले यो फिल्म नेपाल युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ।

व्यावसायिक रूपमा असफल ठहरिएको यस फिल्मले युट्युबमा भने दर्शकको राम्रै साथ पाएको देखिन्छ। फिल्ममा आएका अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्। सांगीतिक प्रेम कथामा निर्माण भएको यस फिल्मलाई धेरैले मर्मस्पर्शी भएको बताएका छन्।

पुराना निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको यस फिल्ममा साबु गदाल कार्की र रवि कार्कीको लगानी रहेको छ। फिल्ममा पुष्प खड्का, सारा कार्की, फिरोज तिमल्सिना, श्रद्धा प्रसाईंलगायतको मुख्य भूमिका रहेको छ।

हेर्नुहोस् फिल्म

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.