|

सुर्खेत : प्रदेश ६ को सभामुखमा एमालेका राजबहादुर शाहीको मात्र उम्मेदवारी परेको छ। योसँगै शाही प्रदेश ६ को सभामुख हुने निश्चित भएको छ। आइतबार संसदीय सचिवालयमा एमाले सांसद शाहीको मात्र सभामुखका लागि उम्मेदवारी परको हो। शाहीको प्रस्तावकमा  एमालेका सांसद प्रकाश ज्वाला र समर्थकमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही रहेका छन्।

माघ २९ गते सोमबार दिउँसो १ बजे बस्ने दोस्रो संसद बैठकले सभामुख निर्विरोध निर्वाचित गर्ने संसदीय सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। सचिव खड्काका अनुसार बैठकले उपसभामुखको निर्वाचन मिति फागुन ५ गते तोक्ने गरी कार्यतालिका बनाउने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.