समाज : सुरक्षा/अपराध

२ जना नेपाली सेनाका जवानसमेत ३ जना गैँडाको खागसहित पक्राउ
SHARES

माघ २८, २०७४

    काठमाडौं : गैँडाको खागसहित ३ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २ जना नेपाली सेनाका जवान छन्। उनीहरूलाई शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाडौंको लैनचौरबाट गैँडाका २ थान खागसहित पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा नेपाली सेनामा कार्यरत गोरखा सिरानचोक गाउँपालिका- २ का ३३ वर्षका हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालिका- ९ का २६ वर्षका कृष्णबहादुर मगर छन्। उनीहरूसँगै प्रहरीले गोरखा सिरानचोक- २ का ३८ वर्षका  डिलबहादुर ढकाललाई पनि पक्राउ गरेको छ।

    २ जना सेनाका जवानलाई कारवाहीका लागि शनिबार नैं जंगी अड्डा पठाइएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। डिलबहादुरलाई भने कारवाहीका लागि आइतबार जिल्ला वन कार्यालयमा बुझाइएको छ।

    उनीहरूबाट बरामद खाग एउटा ११८० ग्राम छ भने अर्को ६४० ग्राम छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]