|

जुम्ला : प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रदेश ६ मा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। आइतबार जुम्लामा नवनिर्मित प्रतिष्ठानको भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्णलीको विकासको महत्वपूर्ण उपलब्धि प्रतिष्ठान भएको बताएका हन्। हिमाली क्षेत्रमा बनेको यो भवनले यस क्षेत्रका नागरिकहरूको स्वाथ्य क्षेत्रमा सुधार ल्याउने बताए।

‘अत्यन्तै विकट कर्णालीमा ३०० शय्याको भवन जुम्लामा बन्नु चानचुने कुरा होइन। यसको पहल गर्ने निर्माण गर्ने दुवैलाई धन्यवाद दिन चाहान्छु’, उनले भने। त्यसका साथै उनले अब पिछडिएका क्षेत्रका जनताले यसबाट सजिलै सुविधा लिन पाउने जनाएका थिए। प्रधानमन्त्री देउवाले सुन्दर प्रकृतिले भरिएको तर पछाडि परेको कर्णालीमा स्वास्थ्य क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरे। प्रतिष्ठानले सिनेटमा पेस गरेका एमबिबिएसलगायत बहुवर्षीय योजनाहरू तीब्र गतिमा अघि बढाउने प्रतिवद्धता जनाए। 

उनले कर्णाली प्रतिष्ठानका एमबिबिएस कक्षा सञ्चालन गर्न आवश्यक हुने संरचना निर्माणका लागि काम अघि बढाउन स्वास्थ्यमन्त्री दिपक बोहरालाई निर्देशन दिएका थिए। उनले प्रतिष्ठानकोे सिनेटले असोज २६ गते पारित परेको बजेट तत्काल उपलब्ध गराउनेसमेत प्रतिवद्धता जनाए। 

स्वास्थ्यमन्त्री दिपक त्रोहराले प्रदेश ६ मा स्वास्थ्यको राजधानी जुम्ला हुने र अन्य जिल्लामा यसका सेवाहरू प्रभावकारी रूपमा अगाडि बढाइने बताए। उनले सरकारले मृगौला, क्यान्सर र स्पाइनल इन्जुरीका सेवा दिने बताए। प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले अहिले २५ विशेषज्ञ र १४ एमबिबिएस डाक्टर सहितको टिम प्रतिष्ठानमा कार्यरत रहेको जानकारी दिए। प्रतिष्ठानले प्रदेश ६ का १० जिल्ला र प्रदेश ७ का ३ जिल्लाका सर्वसाधरणलाई सेवा दिइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.