|
फाइल फोटो

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रका पक्षमा बलियो अडान राख्दा निर्वाचनमा पार्टी पराजित भएको बताएका छन्।

आइतबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले राष्ट्रियताका सवालमा स्पष्ट अडान राख्दा राप्रपा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित हुनुपरेको बताएका हुन्। 

निर्वाचनमा हार्नुको अर्को कारण पार्टी फुटसमेत रहेको उनले भने। एक अर्को प्रसंगमा बोल्दै उनले ऊर्जाको विकासविना देशको विकास सम्भव नभएको बताए। 

४० प्रतिशत जनता विद्युतको पहुँचबाहिर रहेकाले ५ वर्षभित्र सबैका घरमा विद्युत पु¥याउने सरकारको योजना रहेको उनको भनाइ थियो। उनले भने, ‘१० वर्षभित्र १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको तयारी छ।’ उनले स्वदेशी लागतमै माथिल्लो तामाकोशी विद्युत परियोजना निर्माणको कार्य अगाडि बढाइएको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.