|

  • भूपाल थापा-

कपिलवस्तु : शनिबार बिहान दुर्घटनामा परी निधन भएका सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवको गृहजिल्ला कपिलवस्तुमा अन्त्येष्टि गरिएको छ। 

जिल्लाको कृष्णनगर नगरपालिका– ८ डिहवा गाउँका यादवको आइतबार अपराह्न सोही नगरपालिका– ५, सुरही नदीमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

स्व. यादवका जेठा दाजु छेदीप्रसाद यादवले उनको शवमा दागबत्ती दिएका थिए। उनको पार्थिव शरीरलाई सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो। 

उनको अन्त्येष्टिमा कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप साह, सांसद अभिषेकप्रताप साहलगायत उनका सयौँ गाउँले पुगेका थिए।

शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा२झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। 
बेपत्ता सिँचाइ सचिव यादव मृत भेटिएका थिए। बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ। 

माइली छोरी डा. रञ्जना यादवको विवाहका लागि सचिव यादव घर आएका थिए। आउँदो फागुन ११ गते रञ्जनाको विवाह भैरहवाका डा. रणधीर यादवसँग गर्ने पक्का भएको थियो। 

पिता महावीर यादव र माता धन्जावती यादवका ३ भाइ छोरामध्ये सचिव यादव माइला छोरा थिए। ५७ वर्षका सचिव यादवका श्रीमती र ३ छोरी छन्।

हेर्नुहोस् फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.