समूहको दोस्रो स्थानमा नेपाल

|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ। यो जीतसँगै नेपाल विश्वकप छनोट खेल्ने सम्भावना कायमै रहेको छ।

नेपालका कप्तान पारस खड्काको अर्ध शतकको मद्दतमा नेपालले युएईलाई पराजित गरेको हो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रन प्रहार गरे।

आरिफ शेखले १६ रन, रोहितकुमार पौडेलले १२ रन, सोमपाल कामीले १० रन बनाउनुका अलवा नेपालका अन्य ब्याट्सम्यानहरुले दोहरो अंक छुन सकेनन्।

युएईका लागि मोहम्मद नावी र अमिर हायातले २-२ विकेट लिए। त्यस्तै रोहन मुस्तफा र सहिमन अनवरको नाममा १-१ विकेट रह्यो।

नामिबियाको विन्डहोक क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपाललाई युएईले ११५ रनको लक्ष्य दिएको थियो। ओसिलो खेल मैदानका कारण ३४ ओभरमा छोट्याइएको खेलमा युएईले पूरा ओभर खेल्न सकेन। नेपालका बलरहरुसामु युएई पूरा ओभर नखेली ३१ ओभरमा नै अल आउट भएको थियो।

युएईका लागि सहिमन अनवरले सर्वाधिक ३० रन बनाए।

एडनन मुफ्तीले १८ रन बनाए भने गुलाम सहबरले १६ रन जोडे। त्यस्तै, मोहम्मद बुटाले १५ रन जोडेका थिए। मोहम्मद नाविद १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए। सन्दीप लामिछानेले ३ विकेट लिदा कप्तान पारस खड्काले २ विकेट लिए। १ विकेट करन केसीको नाममा रह्यो।

यो जीतसँगै नेपाल समूहको शीर्ष २ मा पुगेको छ। ३ खेलमा तीनवटैमा विजय हासिल गरेको क्यानाडा समूहको शीर्ष स्थानमा रहेको छ।

शीर्ष दुईमा रहन सफल हुने टोली बढुवा भएर आइसीसी क्रिकेट वर्ल्डकप २०१८ को क्वालिफायरमा सहभागि हुन पाउनेछन्। लिग चरणका खेलबाट शीर्ष २ भित्र पर्न सफल भएमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागि हुन पाउनेछ। अर्को महिना अर्थात ४ मार्च देखि २५ सम्म जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोली सहभागि हुनेछन्।

 नेपालले सोमबार केन्या र बुधबार लिगको अन्तिम खेल क्यानडासँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.