|

उदयपुर : उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर खड्का निर्वाचित भएका छन्। निर्वाचन कार्यालयका अनुसार अध्यक्षमा निर्वाचित खड्काले प्रतिद्वन्द्वी राधेश्याम साहलाई १९७ मतले पछि पार्दै विजयी भएका हुन्।

खड्काले ५९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी साहले ३३५ मत प्राप्त गरेर पराजित भएका छन्। 

यसैगरी वरिष्ठ उपाध्यक्षमा अरुणकुमार साहले ५३९ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वीले ३५० मत प्राप्त गरेका छन्। 

प्रथम उपाध्यक्षमा महेन्द्रलाल दासले ४६७ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी दिनेश्वर साहले ३९७ मत ल्याएका छन्। 

यसैगरी संघको द्वितीय उपाध्यक्षमा मुनाकुमारी कटुवालले ५४३ मत ल्याएर विजयी भएकी छन् भने कटुवालका प्रतिद्वन्द्वी मन्जेश श्रेष्ठले ३४६ मत प्राप्त गरेका छन्।

महासचिवमा जमानसिङ बस्नेतले ५४५ मत ल्याई विजयी हासिल गरेका छन्। बस्नेतका प्रतिद्वन्द्वी कृष्ण खड्का ३४१ प्राप्त गरेका छन्। सचिवमा रामकुमार चौधरीले ५०९ मत प्राप्त गरी जीत हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी दीपज्योति राजवंशीले ३५५ मत प्राप्त गरेका छन्। 

यसैगरी सहसचिवमा रुद्रबहादुर खत्रीले ४५६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी अशोक श्रेष्ठ ४१७ मत ल्याएर पराजित भए। 

संघको कोषाध्यक्षमा गोकर्ण दनुवार ५३३ मतले निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी पवन श्रेष्ठको ३६५ मत आएको छ।

नवनिर्वाचित सदस्यहरूमा द्वारिका बस्नेत खड्का ५६३, शंकरबहादुर कटुवाल ४७८, वंशीधर न्यौपाने ४७७, एकलाख खान ४६९, आनन्द महासेठ ४५४ मतले विजयी भएका छन्। 

यसैगरी सदस्यहरूमा प्रताप श्रेष्ठ ४५२, गोपी पराजुली ४४७, खम्बसिङ तामाङ ४२१ र शैलेश कार्की ४०३ मत ल्याएर वियजी भएका छन्।

सहसचिवमा खत्री र कोषाध्यक्षमा दनुवार राधेश्याम साह प्यालनका हुन् भने बाँकी सबै खड्का प्यानलका हुन्। त्यसैगरी सदस्यहरूमा शंकर, प्रताप श्रेष्ठ, खम्बसिंह तामाङ साह प्यानलका हुन् भने अन्य सबै खड्का प्यानलबाट निर्वाचित भएको निवर्तमान अध्यक्ष राजेश श्रेष्ठले बताए।

उदयपुर वाणिज्य संघ व्यापारीहरूको छाता संगठन हो। १५औँ साधारणसभामा सहमति जुट्न नसकेपछि उदयपुर वाणिज्य संघ निर्वाचन प्रक्रियामा गएको थियो। १ हजार १२ जना मतादाता रहेकामा ९५२ मतदाताले मतदान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.