|

काठमाडौं : पूर्वडीआइजी नवराज सिलवाललाई कारवाही अगाडि बढाउन आनाकानी गर्दै विदा बसेको चर्चाबीच प्रहरी प्रधान कार्यालयले काठमाडौंका प्रहरी प्रमुख परिवर्तन गरेको छ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई सरुवा गरी उनको स्थानमा विश्वराज पोखरेललाई लगेको छ। एसएसपी पोखरेल हाल महानगरीय प्रहरी बृत रत्नपार्कमा कार्यरत छन्।

एसएसपी धानुकले पूर्वडीआइजी सिलवाललाई कारवाही अघि बढाउन आनाकानी गरेको तथा उनी मोबाइलसमेत अफ गरेर विदा बसेको चर्चाबीच उनको सरुवा गरिएको हो। 

काठमाडौंको प्रहरी प्रमुख अन्यत्रको तुलनामा आकर्षक मानिन्छ। पोखरेलले यसअघि पाँचथर, संखुवासभा, मोरङ तथा प्रहरी प्रधान कार्यालयमा बसेर काम गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.