|
thethirdpole.net

काठमाडौं : जल तथा मौसम विभागले आम सर्वसाधरणसहित अन्य सरोकारवाला निकायलाई यस्तो सूचना सम्प्रेषण गर्ने जिम्मेवारी पाएका छ। तर, उच्च पहाडी र हिमाली भेगमा मौसमी सूचना लगभग अनुमानको भरमा हुँदै आएको छ।

हिमपात के कति मात्रामा भइरहेको छ र यसको प्रभाव कस्तो रहन्छ भन्ने प्रश्नमा विभागका अधिकारीहरू प्रष्ट जवाफ दिँदैनन्। यस्तै जिज्ञासामा गतसाता एक मौसमविद्ले भने, ‘हिमपात भयो भन्ने खबर सुन्यौं, तर के कति मात्रामा हिमपात भयो भन्ने सूचना हामी अद्यावधिक गर्न सक्दैनौं।’ ‘बरु हामी त पत्रपत्रिका र अन्य सञ्चारमाध्यममा सचाचार आएपछि यति फिटसम्म हिमपात भएछ भन्ने खबर थाहा पाउँछौं,’ ती अधिकारीले दोहोर्‍याए।

उच्च पहाडी र हिमाली भगमा हिमपातको प्रभाव र मापन गर्ने ‘ग्लासियर एण्ड स्नो मोनिटरिङ स्टेसन’को अभावमा हिमपातबारे यकिन सूचना सम्प्रेषण गर्न कठिनाइ भएको विभागका कर्मचारी स्वीकार्छन्। हिमाल आरोहणमा जाने आरोही, उच्च क्षेत्रको पदमार्गमा जाने र उच्च भेगमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि यस्तो स्टेसनको सूचना प्रभावकारी मानिन्छ। तर, विभागसँग यस्ता स्टेसन पर्याप्त छैनन्। भएका केही स्टेसन पनि सञ्चालनमा छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.