|

काठमाडौं : मोबाइल सेटको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबारदेखि आफ्नो सेटको आईएमईआई दर्ता घरबाटै गर्न सकिने व्यवस्था गर्न लागेको हो।

भन्सार छलीका मोबाइल आयात रोक्ने, चोरी तथा आपराधिक कार्यमा मोबाइल प्रयोग निरुत्साहित गर्ने र हराएको अवस्थामा प्रहरीलाई सहयोग पुर्‍याउने उद्देश्यले दर्ता सुरु गरेको हो। अब यो दर्तासम्बन्धी व्यवस्थालाई थप सरलीकृत गर्दै अनलाइनबाटै व्यक्ति वा संस्थाले घरमै बसेर दर्ता गर्न सकिने बनाइएको छ।

आईएमईआई नम्बर हरेक सेटमा हुने ‘युनिक नम्बर’ हो। एउटा सिम लाग्ने मोबाइलमा एउटा र दुईवटा सिम लाग्ने मोबाइलमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ। प्राधिकरणका प्रवक्ता अर्यालले मंगलबारदेखि व्यक्तिगत वा संस्थागत रुमपा दर्ता गर्न सकिने जानकारी दिए। आईएमईआई नम्बर दर्ता भएपछि ‘ग्रे मार्केट’ नियन्त्रण हुने र हराएको अवस्थामा पनि प्रहरीलाई खबर गर्न र भेट्न सजिलो हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.