|

कञ्चनपुर : पुनर्वास नगरपालिका–११ स्थित सीमावर्ती डोकेबजारबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई आइतबार साँझ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली उपमहानगरपालिका–७ का २२ वर्षीय हरिश गौतम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए। युवकको साथबाट नाईट्राभेट २४ पत्ता र स्पास्मो आठ पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका गौतमलाई हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक सेटीले बताए। यसअघि सोही स्थानबाट पाँच जना जनालाई लागुऔषधसहित पक्राउ गरिएको थियो। स्थानीय युवाहरूले नेपालमा प्रतिबन्धित लागुऔषध भारतीय बजार गौरीफण्टा र पलियालगायत क्षेत्र बाट ल्याउने गरेको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.