|
फाइल फोटो : thahakhabar

कञ्चनपुर : सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा सोमबार बिहानदेखि हिमपात सुरु भएको छ। हिमपातसँगै बढेको चिसोले त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। 

बझाङ, बैतडी, दार्चुला, बाजुरा तथा डोटीका उच्च लेकाली भेगमा आइतबार पानी परेपछि सोमबार बिहानबाट हिमपात सुरु भएको हो। डोटीको खप्तड आसपासको क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिमपातले चिसो बढे पनि हिउँदे खेती सप्रिने हुनाले किसानहरू भने खुसी छन्।
 
उच्च पहाडी जिल्लामा हिउँ परे पनि कैलाली र कञ्चनपुर, डोटीको सदरमुकाम दिपायलमा भने सोमबार बिहानदेखि वर्ष भएको छ। वर्षा भएपछि गहुँ खेती गरेका किसानले भने राहत महसुस गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.