|

एजेन्सी : रुखभित्रै कंकाल भेटेपछि जर्जियाको जंगलमा रुख काट्नका लागि गएका व्यक्तिहरुको सातो गएको छ। रुख काट्ने क्रममा कामदारहरुले जंगलमा एउटा त्यस्तो वृक्ष भेटे, जसभित्र कुकुरको कंकाल थियो। वैज्ञानिकहरुका अनुसार यो कंकाल कम्तीमा पनि २० वर्षदेखि यी रुखभित्र रहेको हुनुपर्छ।

कसरी छिर्‍यो रुखभित्र ?

रुखभित्र कुकुरको कंकाल भेटिएपछि वैज्ञानिकहरु हैरान भएका छन्। सामाजिक सञ्जालमा यस घटनालाई धेरैले जादु–टुनामुना भनेका छन्। तर, विज्ञहरुले तत्कालै यसको रहस्य बाहिर ल्याएका छन्।

विज्ञहरुका अनुसार यस्तो संभव छ। सानो प्रजातिको कुनै जनावरको शिकार गर्ने क्रममा कुकुरले भुँइ खोस्रिएको हुनसक्छ। यसरी जमिन खोस्रने क्रममा कुकुर यस रुखको मुनि जमिनभित्र पस्यो। त्यसपछि फर्कने बाटो भुल्यो। रुख खोस्रिएर उ माथि आउन खोज्यो। रुख खोस्रेदैँ जाँदा भोक–प्यासले त्यहीं उसको मृत्यु भयो।

तर जिज्ञासा यतिमै सकिएको छैन। यति धेरै वर्षसम्म कसरी मृत शरीर सुरक्षित रह्यो। दशकौंपछि पनि कुकुरको शरीर खराब देखिएको छैन। उसको आकार ठीक त्यस्तै छ। विज्ञहरुका अनुसार उसको शरीर वृक्षको बीच भागमा भएकाले त्यहाँ हावाको पर्याप्त प्रवाह थियो।

त्यसैले मांसाहारी जीव र ब्याक्टेरिया यहाँसम्म आउन पाएनन्। रुखमा रहेको रसायनका कारण कुुकुरको शरीर सड्नुको सट्टा ठोस कंकालमा परिणत भयो। जर्जियाको संग्रहालयमा अहिले यस रुख र रुखभित्र रहेको कंकाललाई प्रदर्शनमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.