|

कालिकोट : कर्णाली राजमार्गको खाँडाचक्र नगरपालिका-११ पिलीमा सोमबार दिउँसो ट्रयाक्टर टुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भे१त ३७२९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार खाँडाचक्र नगरपालिका-५ का ३५ वर्षीया मिमराज हमालको मृत्यु भएको हो।

तिला कर्णाली नदीबाट बालुवा बोकेर आएको ट्रयाक्टर दुर्घटना भएको र चालक बाच्न सफल भए पनि त्यसमा सवार हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी जवान निरज अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.