|

धनुषा :  २ नं प्रदेशसभाको दोस्रो बैठकमा सोमबार संसदका मर्यादापालकले लगाउने पोसाकबारे निर्णय भएको छ।  पुरुष मर्यादापालकले जाडो समयमा क्रिम कलरको स्वीटर, सफारी सुट र महिला पालकले साडी तथा सूट लगाउने निर्णय गरेको हो।

प्रदेशसभाको सोमवार बसेको दोस्रो बैठकमा मर्यादापालकले दउरा, सुरुवाल र टोपी लगाएकोमा आपत्ति जनाउँदै सांसद सूरिता साहले विरोध जनाएका थिए। गतमाघ १५ गतेको सर्वदलीय बैठकमा दउरा सुरुवाल लगाउन नपाउने निर्णय भएको थियो। तर सोमबारको बैठकमा पुरुष मर्यादापालकहरूले दौरा, सुरुवाल, सर्ट पाइन्ट, स्वीटर, ज्याकेट र महिला मर्यादापालकले कुर्ता–सुरुवालमा सभाहल पुगेका थिएँ।

प्रदेशसभा सदस्य सूरिता साहले भने र्– हामीले कार्य व्यवस्था समितिको बैठकबाट दौरा सुरुवाललाई बन्देज लगाएर क्रिम कलरको सफारी सुट र महिलाले सारी लगाउने निर्णय गरेका छौं।  अर्को बैठकमा तोकिएको  पोशाक लगाउने निर्णय लागू हुनेछ भन्ने विश्वासछ।’

मधेस आन्दोलनका शहीदको फोटो राखियो, जनयुद्धका शहीदको फोटो राख्न माग

सोमबार दोस्रो बैठक सुरु हुने वित्तिकै नेकपा माओवादी केन्द्रका नेता भरतप्रसाद साहले नियमापत्ति जनाउँदै १२ वर्षे जनयुद्धका शहिदका फोटा राख्न माग गरेका थिए। त्यसै गरी राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका सांसदहरूले मधेस आन्दोलन शहिदको फोटो राख्न माग गरेपछि सभामुखको रुलिङ्गपछि सोमबार नै सभामुख लगनलाल चौधरीको रुलिङमा जनयुद्धका शहिदका फोटा पनि राखिएका छन्। 

सभामुख र उपसभामुखको निर्वाचन निर्वाचन २ र ४ फागुनमा

प्रदेशसभाको दोस्रो बैठकबाट सभामुख र उपसभामुखको निर्वाचन क्रमशः फाल्गुन २ र ४ गते गर्ने निर्णय भएको छ। सभामुखको निर्वाचनको लागि सोमवार कार्यतालिक सार्वजनिक गर्ने र आगामी फाल्गुन २ गते सभामुखको निर्वाचन हुने निर्णय भएको हो। त्यसैगरी उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र ४ गते नै उम्मेदवारी दर्ता र निर्वाचन गर्ने निर्णय पनि गरिएको राष्ट्रिय जनता पार्टी नेपालका सांसद परमेश्वर साहले जानकारी दिए।

नियमावली मस्यौदा समिति गठन

नेपालको संविधान २०७४ को धारा १९४ बमोजिम प्रदेशसभाले आफनो कार्य सञ्चालन गर्न बैठकको सु–व्यवस्था कायम राख्न, समितिहरुको गठन, काम कारवाही नियमित गर्नका लागि प्रदेशसभा नियमावली २०७४ समेतको मस्यौदा गरी लागू गर्न ११ सदस्यीय समिति गठन गरेको छ।

कार्य सञ्चालन नियमावली समितिका अन्य सदस्यहरूमा रामअशिष यादव, संजयकुमार यादव, सरोज कुमार सिंह, रामनरेश राय, डा. डिम्पलकुमारी झा, रमेशप्रसाद कुर्मी, सुन्दर बहादुर विश्कर्मा, उपेन्द्रकुमार कुशवाहा, दिलिपकुमार साह, सावित्रीदेवी साह, शेषअबलु कलाम अजाद रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.