काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याइरहेको नेपालको तेस्रो विकेट पतन भएको छ।
नेपालका दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भएका छन्। उनलाई रिंगाराले आउट गरेका छन्।
केन्याका लागि रिंगाराको यो तेस्रो विकेट हो।
नेपाल ६ ओभरको समाप्तिमा ३ विकेट क्षतिसहित १४ रन बनाएर खेलिरहेको छ।
नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भएका छन् भने आरिफ शेख शून्य रनमा आउट भएका छन्।
दुबैलाई इबी रिंगाराले आउट गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।