|
निजी बंकर रहेको मार ए लागो घरमा ट्रम्प दम्पती, साथमा अन्य बंकरहरू

अमेरिकामाथि परमाणु हमलाको खतरा भयो वा परमाणु हमला भयो भने राष्ट्रपति डोनाल्ड ट्रम्प कहाँ जालान्? कहाँ लगिएला राष्ट्रपति ट्रम्पलाई?

पूर्व राष्ट्रपति ट्रुमेनदेखि लिएर अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प सबै अमेरीकी राष्ट्रपतिहरूका लागि यस्तो खतराको स्थितिबाट सुरक्षित रहनका लागि बंकरको व्यवस्था गरिएको छ।

परमाणु बम हमला हुने खतराको संकेत देखापर्नेबित्तिकै ट्रम्पलाई बंकरमा लगिनेछ।

उनलाई लगिने बंकरमध्ये एउटा बंकर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमुनि छ। उक्त बंकर सन् १९५० मा निर्माण गरिएको थियो।

दोस्रो बंकर भर्जिनिया राज्यको ब्लू रिज माउन्टेनमा रहेको माउन्ट वेदर नाम दिइएको पहाडमा बनाइएको छ।

अमेरिकाको जल सेनाले 'पिनट आइल्यान्ड'मा पनि एक बंकर निर्माण गरिएको थियो। उक्त बंकर राष्ट्रपति जोन एफ केनेडीका लागि तयार पारिएको थियो। उक्त बंकर फ्लोरिडा रज्यको 'पाम बिच हाउस'को नजिकै रहेको छ।

पिनट आइल्यान्डमा रहेको बंकरको प्रवेशद्वार

त्यहाँ बंकर बनाउनुको कारण थियो, केनेडी बारम्बार त्यो ठाउँमा आवतजावत गर्नु।

केनेडी घुम्न जाने 'पाम बिच हाउस' र उनको सुरक्षाका लागि निर्माण गरिएको बंकरको दूरी १० मिनेटको मात्रै रहेको छ।

उक्त बंकरलाई अमेरिकामा 'डिट्याचमेन्ट होटल' अर्थात् सम्पर्कबिहीन होटल पनि भनिन्छ। उक्त बंकरको निर्माणमा ९७ हजार अमेरिकी डलर खर्च भएको बताइन्छ।

त्यसो त खर्बपति व्यापारी ट्रम्पको आफ्नै निजी बंकर पनि छ। फ्लोरिडाको 'मार ए लागो' नामक निजी सम्पतिका रूपमा उनको आफ्नै बंकर छ।

कोको जान सक्छन् बंकरमा?

अमेरिकी राष्ट्रपतिका लागि भनेर सरकारले निर्माण गरेका बंकर ३ वटा मात्रै छन्। त्यसमा ह्वाइट हाउस, पिनट आइल्यान्ड र माउन्ट वेदरमा रहेका छन्।

पिनट आइल्यान्डमा रहेको बंकरमा राष्ट्रपतिसँगै उनका दर्जनौँ सहयोगी र सचिवालयका मान्छे जान सक्छन्। यो बंकर ३० जना क्षमताको बनेको छ।

अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको हमलाका बेला ह्वाइट हाउसमा रहेको बंकरमा तैनाथ सेना रोबर्ट डार्लिङका अनुसार उक्त बंकरमा राष्ट्रपतिका अलावा शीर्ष पदमा रहेकाहरूको सुरक्षाका लागि व्यवस्था गरिएको छ।

डार्लिङ भन्छन्, 'अमेरिकामाथि ११ सेप्टेम्बरपछि उपराष्ट्रपति डिक चेनीले बंकरबाटै काम सम्हालेका थिए। चेनीसँग उनकी पत्नी, राष्ट्रियस सुरक्षा सल्लाहकार कोन्डोलिजा राइस, रक्षा सचिव डोनाल्ड रम्सफिल्डसमेत केही अन्य व्यक्तिहरू पनि थिए। राष्ट्रपति जर्ज डब्लु बुस भने एयर फोर्स वानमा थिए।'

अमेरिकी संसद (कांग्रेस) सदस्यका लागि तयार पारिएको बंकर।

त्यस्तै, अमेरिकी संसद (कांग्रेस) सदस्यहरूका लागि पनि बंकर निर्माण गरिएको छ। कंग्रेस सदस्यहरूका लागि पश्चिम भर्जिनियाको ह्वाइ सल्फर स्प्रिङको नजिकै रहेको ग्रिनबायर रिसोर्टमा एक बंकर तयार पारिएको छ।

उक्त बंकरको नाम प्रोजेक्ट ग्रिक आइल्यान्ड राखिएको थियो। उक्त बंकरलाई दशकौँसम्म प्रयोग गरिएको थियो। सन् १९९२ मा भने उक्त बंकरको प्रयोग बन्द गरिएपछि मात्रै यो सार्वजनिक भएको हो।

परमाणु महलाबाट बचाउन सक्लान् बंकरले?

भर्जिनियाको माउन्ट वेदरको आसपासका बासिन्दा उक्त ठाउँलाई 'डुम्सडे सिटी' अर्थात् प्रलयको दिनवाला शहर भन्छन्।

ब्लू माउन्ट, भर्जिनियाको नजिकै १ हजार ७५४ फिटको उचाइमा रहेको माउन्ट वेदरलाई राष्ट्रपति र उनका सहयोगीहरूका लागि बंकरमा परिणत गरिएको थियो।

माउन्ट वेदरको रेखदेख अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरिरहेको छ। उक्त बंकर सन् २००१ को सेप्टेम्बर ११ को ट्विन टावर हमलापछि प्रयोगका लागि तयार पारिएको हो।

उक्त एजेन्सीका निर्देशकले अक्टोबर २००१ मा अमेरिकी कंग्रेसलाई बंकर कार्यान्वयनमा ल्याइएको बयान दिएका थिए। त्यसपछिको कुरा भने गोप्य राखिएको छ।

माउन्ट वेदरदेखि पिनट आइल्यान्ड तथा मार ए लागो बंकरहरू शीतयुद्धका बेला निर्माण गरिएका थिए।

मार ए लागो बंकर निर्माण सन् १९५० मा मर्जरी मेरिवेदर पोस्टले गरेको थियो। कोरियासँगको सम्भावित युद्धबाट सुरक्षित रहनका लागि उक्त बंकर निर्माण गरिएको थियो।

डोनाल्ड ट्रम्पले उक्त बंकर सन् १९८५ मा किनेका थिए। ट्रम्पसँगै उक्त बंकरमा प्रवेश गरेका ६.५ फिट उचाइका प्रोजेक्ट म्यानेजर वेस ब्लेकम्यानले उक्त बंकर पुरातात्त्विक खोज जस्तो रहेको बताएका थिए।

ब्लेकम्यान भन्छन्, 'बंकरलाई मजबुद बनाउन किन लगातार काम भइरहेको छ भन्ने सम्झना नै छैन, जबकि महायुद्ध भयो भने बाँच्नका लागि कुनै पनि ठाउँ सुरक्षित हुँदैन।'

'वन नेशन अन्डरग्राउन्ड'की लेखिका क्यानेथ रोजको भनाइ छ कि बंकरमा सिधै हमला भयो भने कुनै पनि प्रकारको उपाय काम लाग्नेछैन। किनकि परमाणुको शक्ति र तापक्रम अत्यधिक हुनेछ।

बीबीसी हिन्दीबाट भावानुवाद।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.