सिफारिसमा परे १६ महिला

|

काठमाडौं : नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यहरुको नामको सूची टुंगो लगाएको छ।

माओवादीले प्रतिनिधिसभामा १७ सिट पाएको थियो। माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको कार्यालय बैठकले प्रतिनिधिसभा समानुपातिक सदस्यको नामको सूची टुंगो लगाएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

निर्वाचन आयोगले सोमबारसम्मका लागि दिएको समय अनुसार माओवादीले नाम टुंगो लगाएर आयोगमा बुझाएको छ।

माओवादीबाट १ मात्र पुरुष समानुपातिकबाट सांसद बन्ने भएका छन्। जसमा हितराज पाण्डेको नाम सिफारिस गरिएको छ। १६ महिला सांसदमा पूर्व सभामुख ओ‌नसरी घर्तीदेखि पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीसम्म सिफारिसमा परेका छन्। त्यस्तै, नेतृ जयपुरी घर्ती पहिलोपटक सांसद बन्ने भएकी छन्।

माओवादीबाट १६ जना महिला र १ जना पुरुष समानुपातिक सांसद भएका छन्।

यी हुन् माओवादीका समानुपातिक सांसद:

खस आर्य पुरुष 

हितराज पाण्डे

 खस आर्य महिला

पूर्णकुमारी सुवेदी

रेखा शर्मा

धर्मशीला चापागाइँ

सीता पोखरेल

सत्या पहाडी

मधेसी महिला

इन्दु शर्मा

वोधमाया यादव

दलित महिला 

अन्जना विशुंखे

दुर्गा विक

आदिवासी जनजाति महिला

जयपुरी घर्ती

शशी श्रेष्ठ

ओनसरी घर्ती

यशोदा सुवेदी

अमृता थापा

थारु महिला

रामकुमारी चौधरी

मुस्लिम महिला

शेखतारा  चाँद

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.