|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा केन्या विरुद्ध ब्याटिङ गरिरहेको नेपालको पाँचौ झकेट झरेको छ।

नेपालका ब्याट्सम्यान शरद भेषवाकर १९ रनमा आउट भएका छन्। उनलाई ओदियाम्बोले आउट गरकेा हुन्।

चौथो विकेटका रुपमा नेपालका कप्तान पारस खड्का ४२ रन बनाएर आउट भएका छन्। पारसलाई पनि ओदियाम्बोले नै आउट गरेका हुन्। 

नेपालका दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भएका छन्। उनलाई रिंगाराले आउट गरेका छन्। 

केन्याका लागि रिंगाराको यो तेस्रो विकेट हो। 

नेपाल २५ ओभरको समाप्तिमा  ५ विकेट क्षतिसहित ८६ रन बनाएर खेलिरहेको छ।

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भएका छन् भने आरिफ शेख शून्य रनमा आउट भएका छन्।

दुबैलाई इबी रिंगाराले आउट गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.