|

  • भोजराज कार्की-

सोलुखुम्बु : महाकुलुङ गाउँपालिका– २ छेस्काममा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

सोमबार दिउँसो करिब १२ बजे स्थानीय मिलन राईको घरमा आगगाली हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

मिलन राईको घरमा काम गर्ने स्मृति कुलुङले घरनजिकै बारीमा झ्यास पोल्ने क्रममा घर नजिकै रहेको परालमा आगो सल्कँदा घरमा आगलागी भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। घरधनी मिलन राई काठमाडौं बस्दै आएको र स्थानीय संजय कुलुङलाई घरको समेत रेखदेख गरी बस्न दिएको प्रहरीको भनाइ छ। स्मृति संजय कुलुङकी श्रीमती हुन्।

घरमा भएको काठपात सबै जलेर नष्ट भएको छ भने घरधनी बाहिर बस्ने भएकाले बहुमूल्य वस्तु नरहेको बताइएको छ। आगो सोमबार दिउँसो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.