|

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एचआइभी संक्रमित बालबालिकाको लागि १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। यस्ता बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा दिँदै आएको बेबी लाईफ होमलाई सोमबार बैंकको बार्षिकोत्सबको अबसरमा आर्थिक सहयोग उपलब्ध गराएको हो। 

बेबी लाईफ होमले १० वर्षदेखि यस्ता बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएकोले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत रकम उपलब्ध गराएको बैंकले जनाएको छ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बेबी लाइफ होमका संचालक राजकुमार पुनलाई हस्तान्तरण गरेका हुन्। बेबी लाईफ होममा २३ जना एचआइभी संक्रमित बालबालिका रहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.