|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा ‘बादल’ले केही दिनभित्रै माओवादी केन्द्र र एमालेबीच एकता हुने बताएका छन्।

सोमबार काभ्रेको बनेपामा नेपाल लोकतान्त्रिक तामाङ संघ र एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल काभ्रेको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा बोल्दै थापाले पार्टी एकताका लागि आन्तरिक तयारी तीव्र भइरहेको बताएका हुन्।

तामाङ समुदायको सांस्कृतिक पर्व २८५४औँ खी (कुकुर वर्ष)को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बादलले पार्टी एकता हुनेबारेमा शंका नगरी ढुक्क रहन अनुरोध गरे। ‘पार्टी एकताको मोडालिटी नजिक पुगिसकेको छ, घोषणा मात्रै गर्न बाँकी छ’, थापाले भने, ‘अब छिट्टै खुसीको समाचार सुन्न पाइनेछ, यसमा कुनै शंका उपशंका नगर्नुस्।’

कार्यक्रममा काभे्रपलाञ्चोक जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसदहरू र स्थानीय जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुने सांसदहरूमा गंगाबहादुर तामाङ (बमध्वज), गोकुल बाँस्कोटा र स्थानीय जनप्रतिनिधिहरूमा देउपुरका प्रमुख टोकबहादुर वाइवा, धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्मा, बनेपा नगरपालिकाकी रेखा दाहाल, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा थिए।

उक्त अवसरमा कलाकारहरू विश्व दोङ, बबिता पाख्रिन, सागर स्याङ्तान र वसन्ती लामालगायतले गीत प्रस्तुत गरेर मनोरंजन दिलाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.