|

काठमाडौं: चालु आर्थिक वर्षको ६ महिनामा मूल्य वृद्धिदर ४ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले गत वर्षको सोही अवधिलाई आधार मानेर गरेको अर्ध वार्षिक समिक्षाअनुसार औषत ४ प्रतिशतको दरले मूल्य बढेको देखिएको हो।

गत वर्ष यस्तो मूल्य वृद्धिदर ३.२ प्रतिशत रहेको थियो। समिक्षा अविधमा खाद्य मुद्रास्फीति २.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.७ प्रतिशतले ऋणात्मक रहेको थियो।

 गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, घ्यू तथा तेल, खाद्य तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएको छ।

सबैभन्दा बढी तरकारीको मूल्य वृद्धिदर १२.७ प्रतिशत रहेको छ। कम मूल्य वृद्धि मासु तथा माछामा देखिएको छ। यसको मूल्य वृद्धि १.९ प्रतिशत रहेको छ।

 उपभोग्य सामाग्रीको मूल्य वृद्धिदर गतर वर्ष कति,यो वर्ष कति?

उपभोग्य सामाग्री

२०७३/२०७४ वृद्धिदर प्रतिशतमा

२०७४/२०७५ वृद्धिदर प्रतिशतमा

तरकारी

३.९

१२.७

दुग्धजन्य पदार्थ तथा अण्डा

२.९

७.३

फलफूल

२.०

४.४

घ्यू तथा तेल

१३.९

२.५

खाद्य तथा खाद्यजन्य पदार्थ

१.२

२.०

मासु तथा माछा

१.७

१.९

गैर–खाद्य मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.२ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, स्वास्थ्य, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको  राष्ट्र बैंकले सार्वजनिध गरेको अर्धवार्षिक प्रतिवेदनमा देखाएको छ।

क्षेत्रगत आधारमा हिमालमा ५.५ प्रतिशत, तराई र पहाड दुबैमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.९ प्रतिशतको मूल्य वृद्धि छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.