अर्थ

मौद्रिक नीतिको समिक्षा: बैंकले अर्को बैंकबाट ऋण किन्न पाउने, 'ओभरड्राफ्ट' मा कडाई
SHARES

माघ २९, २०७४

    काठमाडौं: नेपाल राष्ट्र बैंकले एक बैंकले अर्को बैंकको ऋण किन्न पाउने  गरेको छ। सोमबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट पहिलोपटक बैंकले बैंकको ऋण किन्न पाउने व्यवस्था गरेको हो।

    पहिलो पटक यस्तो व्यवस्था गरेकोमा कृषि, उर्जा, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा गएको ऋण किन्न बैंकहरुले पाउँनेछन्। यी चार शिर्षकमा गरि २५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने बाध्यता भएता पनि नसकेका बैंकहरुलाई ऋण किन्न पाउने व्यवस्था  राहत मिलेको छ। 

     राष्ट्र बैंकले गत साउनमा ल्याएको मौद्रिक नीतिमा बैंकहरुले आफूले प्रवाह गरेको कूल कर्जाको १० प्रतिशत कृषिमा, ५ प्रतिशत उर्जामा, ५ प्रतिशत पर्यटनमा र ५ प्रतिशत अन्य उत्पानदशील क्षेत्रमा गरी कूल २५ प्रतिशत ऋण तोकिएको क्षेत्रमा प्रवाह गर्नैपर्ने व्यवस्था गरेको थियो।  कतिपय बैंकहरुले राष्ट्र बैंकले गरेको यो व्यवस्था पूर्णरुपमा कार्यान्वयन गर्न सकेका थिएनन्।

    तर उर्जा, पर्यटन र अन्य उत्पादनशील क्षेत्रको लगानी अर्को बैंकसँग किनेर भएपनि राष्ट्र बैंकले तोकेको सीमामा पुर्‍याउने पर्ने व्यवस्था गरिएको छ। 

    ओभरड्राफ्टमा कडाई 
    त्यस्तै  राष्ट्र बैंकले कुल कर्जाको १५ प्रतिशतभन्दा बढी रकम ओभरड्राफ्ट शिर्षकबाट दिन नपाइने व्यवस्था गरेको छ। 

    ओभरड्राफ्ट शिर्षक अन्तर्गत अत्याधिक कर्जा गएपछि राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा कडाई गरेको जनाएको छ।

    मंसिर मसान्तसम्ममा १८ खर्ब ७९ अर्ब कुल कर्जामा ओभरड्राफ्टमा ३ खर्ब २० अर्ब रुपैयाँ कर्जा दिएका छन्। यो कुल कर्जाको १७ प्रतिशत हुन आउँछ।

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]