|

  • धर्मराज जिसी-

सुर्खेत : प्रदेश ६ का सभामुख राजबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले सोमबार एक समारोहबीच सभामुखलाई शपथ गराएका हुन्। 

नवनिर्वाचित सभामुख राजबहादुर शाहीले सोमबार नै आफ्नो पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै सभामुखले आफ्नो कार्यकालमा सबैलाई मिलाएर काम गर्ने बताए। ‘मलाई निर्विरोध गराएजस्तै सबैबाट सहयोग र सहकार्यको वातावरणपछि पनि हुने विश्वासमा छु’, उनले भने।

प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुुखमा निर्विरोध निर्वाचित गरेको हो।

एमाले सांसद शाहीको मात्र सभामुखका लागि उम्मेदवारी परेको थियो। एमालेका सांसद प्रकाश ज्वालाकोे प्रस्ताव र माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीको समर्थनमा शाही सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेशभा बैठकमा सभामुखमा शाहीलाई समर्थन गर्दै माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विश्वसँग प्रतिस्पर्धा गर्ने ताकत बनाएर सबै ऐक्यवद्ध भई राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए। 

बलियो प्रदेश निर्माणका लागि स्रोत साधन परिचालन आवश्यक रहेको नेता शाहीले औँल्याए। मुलुक र जनताले दिएको नयाँ अभिभारा इमान्दारीका साथ पूरा गर्ने विश्वास पनि नेता शाहीले दिलाए। 

संसदको अर्को बैठक फागुन ५ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचन गर्ने गरी बस्ने कार्यतालिका रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.