कांग्रेसको समानुपातिकमा अटाए कोषाध्यक्षदेखि व्यापारीसम्म

|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व समानुपातिकको बन्दसूची तयार पार्ने क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पहिले पनि समानुपातिकबाट सांसद/सभासद् भएकाहरुको नाम समानुपातिकको बन्दसूचीमा नराख्ने निर्णय गरेको थियो। भलै त्यो निर्णयमा 'अपवाद बाहेक' भन्ने शब्द थियो, त्यसको आशय १-२ नेताबाहेक कसैको नाम पनि समानुपातिकमा नदोहोर्‍याउने भन्ने थियो। 

सोही निर्णयका आधारमा समानुपातिकबाट पहिले पनि सांसद/सभासद भएका र फेरिपनि हुन चाहने कतिपय नेता प्रत्यक्षतर्फ उम्मेदवार बने। जसमध्ये समानुपातिकमा बस्न चाहने र अन्यगरी नेपाली कांग्रेसका १२५ भन्दा बढी उम्मेदवार प्रतिनिधिसभा निर्वाचनमा पराजित भए। 

तर, ५ नेता भने त्यस्ता रहे जो लगातार समानुपातिकबाट संसद भवन प्रवेश पाउनेमा परे। 

समानुपातिकबाट लगातार तीन पटक सांसद बनेर ह्याट्रिक गर्नेमा केन्द्रीय सदस्य तथा वाणिज्य मन्त्री मीन विश्वकर्मा, केन्द्रीय सदस्य सुजाता परियार, झापाकी महेन्द्रकुमारी लिम्वु, नेता विमलेन्द्र निधिकी जेठीसासु सिन्धुलीकी दीपशिखा शर्मा र धनुषाकै मिनाक्षी झा छन्। केन्द्रीय सदस्य तथा पूर्व कोषाध्यक्ष चीत्रलेखा यादव, केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा र सुजाता कोइराला भने दोहोर्‍याएर समानुपातिकबाट सांसद बन्न पाउने भाग्यमानी हुन्। 

पार्टीले समानुपातिक सांसदको लागि कोषाध्यक्ष सीतादेवी यादवदेखि व्यवासयी विनोद चौधरीसम्मलाई सिफारिस गरेको छ। यसरी समानुपातिक सांसदको सिफारिसमा १४ जना त केन्द्रीय कार्य समितिका सदस्य मात्र छन्। सिफारिसमा पर्ने केन्द्रीय सदस्यहरुमा चीत्रलेखा यादव, बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, किशोरसिंह राठौर, सुजाता कोइराला, पुष्षा भुसाल, डा. डिला संग्रौला, बहादुरसिंह लामा, सुजाता परियार, पार्वती डिसी चौधरी र लक्ष्मी परियार हुन्।

समानुपातिकबाट सांसद सिफारिसमा पर्ने उमा रेग्मी महिला संघकी अध्यक्ष हुन् भने सूर्यबहादुर केसी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताको एकदिन अघिमात्र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नेता हुन्।

व्यवसायीहरु विनोद चौधरी, उमेश श्रेष्ठ, जीपछिरिङ लामा, दिव्यमणी राजभण्डारी पनि कांग्रेसको सिफारिसमा सांसद हुन पाउने भाग्यमानीमा पर्छन्। 

२०७० सालको संविधानसभा निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित अतहर कमाल मुसलमान नेपाली कांग्रेसमा एक वर्षअघि प्रवेश गरेका थिए। जो समानुपातिक सांसदको सिफारिसमा परेका छन्।

यो पनि पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.