|

काठमाडौं : निर्वाचन आयोगले तीनवटा राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको नामवाली सच्याउन पत्र काटेको छ।

आयोगले समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट गरी नाम सिफारिस गर्न पुनः दुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको हो। प्रमुख निर्वाचन आयुक्त डा‍‍. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो।

आयोगले बन्दसूचीका उम्मेदवारमध्ये निर्वाचित गर्न नाम सिफारिस गरेका तर प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार, समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट नभएकाले आयोगले फागुन २ गते पाँचबजेभित्र नामावली सच्याएर पेश गर्न कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीलाई पत्राचार गर्ने निर्णय गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.