|

दोलखा : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि समयमै सेयर जारी हुन नसक्दा मासिक पौने तीन करोड रुपैयाँ व्ययभार थपिएको छ। आयोजनामा सर्वसाधरणको २५ प्रतिशत अर्थात् २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भए पनि निर्माण सम्पन्न हुने बेलासम्म सेयर जारी हुन सकेको छैन।

सर्वधरणमा सेयर जारी नहुँदा आयोजनाले ऋण गरेर निर्माण कार्य अघि बढाइरहेको छ। आयोजनामा ऋण लगानी गर्ने संस्थाहरुसँग वार्षिक १२ प्रतिशत व्याज तिर्ने सम्झौता छ। यो हिसावले वार्षिक ३१ करोड ७७ लाख रुपैयाँ सर्वसाधरणबाट उठ्ने सेयरको व्याज तिर्नुपर्ने अवस्था आएको छ।

आयोजना प्रभावित दोलखा जिल्लावासीको १ अर्ब ५ करोड ९० लाख र देशभरका सर्वसाधरणबाट १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको रकम सेयरबाट उठाउनु पर्छ। तर, अहिलेसम्म आयोजनाका लागि यो रकम उठेको छैन। ‘यदि सर्वसाधरणबाट रकम उठाएको भए आयोजनाका लागि व्याजमा रकम लिनुपर्ने थिएन,’ आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठले भने।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.