|

काठमाडौं : सरकारले बजेट खर्च नसकेपछि ढुकुटीमा जम्मा हुने क्रम बढेको छ। चालू आर्थिक वर्षको पुससमम सरकारी ढुकुटीमा ३ खर्ब ३ अर्ब १५ करोड रुपैयाँ जम्मा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सरकारी खर्च न्यून भएकाले ०७४ पुस मसान्तसम्ममा सरकारी ढुकुटीमा उक्त रकम जम्मा भएको हो। यो रकम सरकार स्थानीय तहको खातामा जम्मा भएको रक ९३ अर्ब ५ करोड रुपैयाँ समेत समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ।

पुस मसान्तसम्ममा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ३ खर्ब ६४ अर्ब ९५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च २ खर्ब ४८ अर्ब २० करोड रुपैयाँ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.