|

काठमाडौंं : नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले काठमाडौं–तराई द्रुतमार्ग बनाउन सरकारको र जनताले दर्साएको भरोसा र विश्वासको प्रतिफल भएको बताएका छन्।

सेना दिवसको अवसरमा नेपाली सेनाका सकल दर्जालाई शुभकामना दिँदै प्रधानसेनापति क्षत्रीले सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण परियोजना समयमा नै सम्पन्न गरेर उदाहरणीय बन्ने मौकालाई नेपाली सेनाले सु–अवसरको रुपमा लिएको उल्लेख गरेका छन्। उनले राष्ट्रिय गौरवको उक्त निर्माण परियोजना नेपाली सेनाले मागेको नभइ नेपाली सेनाप्रति नेपाल सरकार र नेपाली जनताले दर्साएको भरोसा र विश्वासको प्रतिफल भएकोले बताएका छन्।

प्रधानसेनापति क्षत्रीले उक्त  कार्यहरु सु–सम्पन्न गर्न रक्षा मन्त्रालयलगायत अन्य सरोकारवाला निकायहरुबाट उचित सहयोग तथा सद्भाव रही आएको उल्लेख गरे। उनले आयोजना लक्षित समय सीमा भित्र तोकिएको मापदण्डमा कुनै सम्झौता नगरी निर्माण सम्पन्न गर्न यस कार्यमा संलग्न सबैलाई निर्देशनसमेत दिएका छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.