इङ्लिस प्रिमियर लिगमा चेल्सीले वेष्ट ब्रोमलाई ३–० गोल अन्तरले पराजित गरेको छ। सोमबार राति चेल्सीको घरेलु मैदानमा भएको खेलमा एडिन हाजार्डले २ तथा भिक्टर मोसेसले एक गोल गरे।
जितसँगै चेल्सी प्रिमियर लिगको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ। २७ खेलबाट उसको ५३ अंक छ। समान खेलबाट ५४ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ। ५६ अंक जोडेको म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७२ अंक छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।