|
बीबीसी

दक्षिण अफ्रिकाका राष्ट्रपति जेकेब जुमाको राजीनामा त्यहाँको सत्तारुढ दल मागेको छ। दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेशनल कंग्रेसले राष्ट्रपति जुमाको राजीनामा माग गरेको अफ्रिकी सञ्चारमाध्यमले जनाएको अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीले उल्लेख गरेको छ। 

पार्टीको बैठकपछि कुनै आधिकारिक वक्तव्य भने दिइएको छैन। राष्ट्रपति जुमामाथि भ्रष्टाचारको आरोप लागेको छ। पार्टीको प्रमुखका रूपमा सिरिल रामापोसा गत डिसेम्बरमा चुनिएपछि राजीनामाका लागि परेका दवाबको जुमाले बेवास्ता गर्दै आएका छन्। 

जुमाको भविष्यबारे छलफल गर्न एएनसीका १०० भन्दा बढी वरिष्ठ नेताले प्रिटोरियाको एक होटलमा १३ घण्टा बैठक गरेका थिए। बैठकपछि कसैले औपचारिक प्रतिक्रिया दिएनन्। तर स्थानीय सञ्चारमाध्यमले उक्त भेलाले जुमालाई राजीनामा दिन औपचारिक रूपमा आग्रह गरेको जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.