|

सुनसरी : सुनसरीको दुहबीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। अरु दुईजना घाइते भएका छन्। इटहरीबाट विराटनगरका लागि छुटेको ना३ख ९८६० नम्बरको बसले दुहबी नगरपालिका-३ स्थित ट्राफिक पोस्टनजिकै तीनजना पैदलयात्रुलाई ठक्कर दिएको थियो।

ठक्करबाट बराहा नगरपालिका ६ का डोगराज रिजालको मृत्यु भएको प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले जानकारी दिए।

बसको ठक्करबाट घाइते भएका बराहा नगरपालिका–६ का ३० वर्षीय सन्तोष कोइराला र १७ वर्षीय रविन चौधरीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। बसको ठक्करबाट घाइते भएका तीनैजनालाई अस्पताल लगिएकोमा। रिजालको उपचारको क्रममा मृत्यु भएको न्यौपानेले बताए। घाइते कोइराला र चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.