|
फाइल तस्बिर

लहान : सप्तरीको शम्भुनाथ नगरपालिका–१२ कुसहामा सोमबार राति भएको आगलागीमा करिव करिव २० लाख रुपैयाँ क्षति भएको छ।

स्थानीय मोहम्मद जलधर खानको गोठमा बस्तुभाउलाई न्यानो पार्न र लामखुट्टे भगाउन बालिएको घुरबाट सल्केको आगोले खानको एक घर र गोठ छिमेकी मोहम्मद ममताज खानको पनि एक गोठ जलेको प्रहरीले जनाएको छ।

आगलागी राजविराज नगरपालिकाको वारुण यन्त्र र स्थानीय बासिन्दाको सहयोगमा अढाई घण्टापछि राति करिब साढे ९ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

आगलागीमा जलधरले फागुन २५ मा हुने छोरीको विवाहका लागि बैंकबाट झिकेर ल्याई घरमा राखेको पाँच लाख रुपैयाँ जलेको बताइएको छ। यसका साथै घरमा राखिएको अन्न, गोठमा भएका चौपाया जल्दा करिव १५ लाख रुपैयाँ क्षति भए प्रहरीले बताएको छ। यस्तै, जलधरको छिमेकी मो. ममताजको चौपाया पनि जलेर मरेका छन्। 

आगलागीमा दुवै परिवारको गरी करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.