|

  • रुपेश दुलाल-

हेटौँडा : मकवानपुरमा अज्ञात समूहले मंगलबार मोवाइल सेवा प्रदायक एनसेलको टावरमा आगजनी गरेको छ। 

मनहरी गाउँपालिका– ३ मेलडाँडामा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको हो।

मंगलबार बिहान करिव ३ बजे टावरमा आगजनी भएको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी सहायक निरीक्षक विजय बानियाँले जानकारी दिए। टावरमा जुटको बोरा बेरेर आगो लगाइएको र टावरमा प्रयोग गरेको तार जलेर नष्ट भएको प्रहरीको भनाइ छ।

घटनामा संलग्नहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलीपराज झाले बताए। टावरमा आगजनी भएपछि त्यस क्षेत्रमा एनसेलको नेटवर्कमा समस्या आएको प्रयोगकर्ताहरूले बताए।

यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका– ८ बैजनापुर र डडेल्धुराको आलिताल गाउँपालिका– २ काफलीमा रहेका एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.