|

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नै एमालेसँगको पार्टी एकता टुंगो लाग्ने बताएका छन्

२३ औँ जनयुद्ध दिवसका अवसरमा वाइसिएल नेपालले आयोजना गरेको कार्यक्रममा उनले पार्टी एकतालाई आज नै टुंगो लागाउन एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच कुराकानी भइरहेको बताएका हुन्। 

'नेपालको सामाजिक राजनीतिक जागरणमा जनयुद्धको ऐतिहासिक महत्व र भूमिका छ भनेर ओलीजीले पनि स्वीकार्नुभएको छ।' उनले थपे, 'आजकै दिन जनयुद्ध दिवसकै दिन पार्टी एकतालाई टुंग्याउन सकियो भने मलाई खुसी हुन्छ भनेर हामीले भनेका छौं र हाम्रो कोसिस छ सकेसम्म आज नै टुंगोमा पुगोस्'

उनले विप्लव र वैद्यलाई पनि पार्टी एकतामा आउन आग्रह गरे। विप्लवप्रति संकेत गर्दै प्रचण्डले भने, 'जनतामा आफ्ना कुरा नराखी रहर र लहडका भरमा क्रान्ति हुँदैन।  घटना घटाएर मात्र क्रान्ति हुँदैन।'  समृद्धि र समाजवादलाई पूरा हुन नदिन देशी विदेशी साम्राज्यवादीहरू लागेका हुनाले कम्युनिस्ट एकता आजको आवश्यकता भएको प्रचण्डको भनाइ थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.